जबरजस्ती करणी गरेको अभियोगमा वडा सदस्य प्रहरी हिरासतमा
आइतबार, ०९ चैत २०७६, ११ : ०३
जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।
सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।
प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ ।
ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण