श्रीमतीलाई झुक्याएर डेटिङ जाने व्यक्तिमा कोरोनाको संक्रमण
एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् ।
४० वर्ष पुग्न लागेका यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गए ।
श्रीमतीलाई सजिलै झुक्याउन त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो ।
उनले आफ्नी श्रीमतीलाई बेलायतमै संक्रमित हुन पुगेको बताएका थिए, तर अब आफ्नो प्रेम–प्रसङ्ग सार्वजनिक हुने डरले चिन्तित छन् ।
‘यी बिरामीबारे अहिले स्वाथ्यकर्मीबीच निकै चर्चा हुनेगर्छ,’ अस्पताल स्रोतलाई उद्धृत गर्दै द सनले लेखेको छ, ‘यदी अवस्था गम्भीर थिएन भने उनको केस एउटा मजाक हुने थियो । यी व्यक्तिले आफ्नी श्रीमतीलाई झुक्याएर कसरी इटली गएँ भनेर चिकित्सकलाई सबै बताइसकेका छन् । त्यसैले उनले अझै सोचिरहेकी छिन् कि यो रोग व्यापारीक भ्रमणकै क्रममा सरेको हो ।’
यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् । अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई मात्रै श्रीमान् संक्रमित छन् भन्ने थाहा छ । उनी उत्तरी इङ्ल्यान्डस्थित आफ्नो आलिसन बंगलामा ‘सेल्फ आइशोलेसन’मा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण