आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनका लागि प्रेसिडेन्ट ग्रुपले सरकारलाई होटलहरू दिने, एक सय कोठा तयारी अवस्थामा

आइतबार, ०९ चैत २०७६, १२ : १२
आइतबार, ०९ चैत २०७६

काठमाडौं– क्वारेन्टाइनका लागि होटलहरू सरकारलाई दिन प्रेसिडेन्ट ग्रुप तयार भएको छ । 

प्रेसिडेन्ड ग्रुपका अध्यक्ष शंकर भण्डारीले एक विज्ञप्ती जारी गरी होटललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका हुन् । अध्यक्ष भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । 

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएसँगै नेपालमा पनि यसको उच्च जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ र देश सेमी लक्डडाउनको अवस्थामा छ । यस्तो अवस्थामा संक्रमणको जोखिमबाट बच्नको लागि हरेक नागरिकले भूमिका खेल्नुपर्ने भएकाले आफ्नो ठाउँबाट राष्ट्रको लागि सहयोग गर्न तयार हुनुपर्ने अध्यक्ष भण्डारीले बताएका छन् ।

प्रेसिडेन्ट ग्रुपले काठमाडौं, चितवन, रुपन्देहीमा होटल तथा रेष्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ । भण्डारीले काठमाडौंको सुन्धारा, माछापोखरीलगायता स्थानमा रहेका प्रेसिडेन्ट ग्रुपका चार वटा होटलका एक सय कोठामध्ये केही कोठा कर्मचारीका लागि राखेर बाँकी सरकारलाई क्वारेन्टाइनका लागि प्रयोग गर्न दिन तयार रहेको बताएका छन् । कार्यक्षेत्रमै रहन चाहने कर्मचारीलाई कम्तिमा एक महिनासम्मको आवश्यक रासनपानी, नुन, तेल, ग्यासको उचित प्रबन्ध मिलाएको पनि उनले बताएका छन् ।

देशै भरिका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपालको सचिब समेत रहेका अध्यक्ष भण्डारीले रातोपाटीसँग कुराकानी गर्दै संकटको अवस्थामा राष्ट्र प्रति हरेक नागरिकको दायित्व हुने बताए । उनले आफूले पनि राष्ट्र प्रति दायित्वबोध गरी आफ्ना होटलका कोठाहरु क्वारेन्टाइनका लागि प्रयोग गर्न दिन लागेको बताए । उनले सरकारलाई क्वारेन्टाइनका लागि कुनै पनि बेला होटल आवश्यक पर्यो भने ९८५१११५३० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

करीब २०० बढीले प्रत्यक्ष रोजगारी दिइरहेको यो ग्रुपले सामाजिक उत्तरदायित्वका विभिन्न काम गर्दै आइरहेको छ । गुल्मीको चन्द्रकोट ७ मा रहेको श्री शारदा उच्च माबी मा करिब १५ जना गरीब तथा जेहेन्दार विद्यार्थीको अविभावकत्व लिइरहेको यो ग्रुपले चितवनमा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ७५ हजार सहयोग गरीसकेको छ ।

त्यसैगरी, ग्रुपले चितवनमा रहेको चेपाङ केन्द्रलाई पनि निरन्तर  सहयोग गर्दै आइरहेको छ । प्रेसिडेन्टका हालसम्म देशभर १० वोटा शाखा रहेका छन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप