बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार इटलीमा ६०१ जनाको मृत्यु

मङ्गलबार, ११ चैत २०७६, ०६ : ३३
मङ्गलबार, ११ चैत २०७६

इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय १ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । यद्यपि, इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

कोरोना भाइरस इटलीमा आएपछि गत हप्ता शनिबार एकैदिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु भएको थियो । आइतबार यो घटेर ६ सय ५१ पुगेको थियो भने सोमबार ६०२ । बीबीसीका संवाददाता मार्क लोवेनका अनुसार नयाा संक्रमणमा पनि कमी आएको छ ।

अमेरिकामा कोरोना भाइरसका कूल ३५ हजार संक्रमित भेटिएका छन् भने ४ सय ९५ को मृत्यु भइसकेको छ । संसारभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप