सोमबार इटलीमा ६०१ जनाको मृत्यु
मङ्गलबार, ११ चैत २०७६, ०६ : ३३
इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय १ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । यद्यपि, इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।
कोरोना भाइरस इटलीमा आएपछि गत हप्ता शनिबार एकैदिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु भएको थियो । आइतबार यो घटेर ६ सय ५१ पुगेको थियो भने सोमबार ६०२ । बीबीसीका संवाददाता मार्क लोवेनका अनुसार नयाा संक्रमणमा पनि कमी आएको छ ।
अमेरिकामा कोरोना भाइरसका कूल ३५ हजार संक्रमित भेटिएका छन् भने ४ सय ९५ को मृत्यु भइसकेको छ । संसारभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण