कोरोना संक्रमण हुने डरले बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया रिहा
एजेन्सी । कोरोना भाइरसको त्रासका बीच बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया जेलबाट रिहा भएकी छिन् । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवम् मुख्य विपक्षी दलका नेता समेत रहेकी जियालाई कोरोना भाइरसको आतंकका बीच रिहा गरिएको हो । त्यहाँको विपक्षी नेशनलिष्ट पार्टीले कोरोना महामारीका कारण जेलभित्र समेत संक्रमण बढ्ने खतरालाई ध्यान दिँदै मानवियताका आधारमा जियालाई ६ महिनाका लागि जेलबाट रिहा गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
खालिदा जिया निकै महिनादेखि बिरामी समेत छिन् । ७४ वर्षीया जिया उच्च रक्तचापसहित ह्रदयघातको बिमारी समेत हुन् । बंगलादेश नेशनल पार्टीकी प्रमुख उनले भ्रष्ट्राचारको मामलामा १७ वर्षको जेल सजाय भुक्तान गरिरहेकी छिन् । उनी सन् २०१८ फेब्रुअरी ८ मा जेल परेकी थिइन् । बंगलादेशका गृहमन्त्री असद–उज–जमानले भनेका छन्–‘जियालाई मानवीय आधारमा शर्तका साथ रिहा गरिएको हो ।’ स्मरणरहोस्ः जिया सन् १९९१ प्छि ३ पटक बंगलादेशको प्रधानमन्त्री भइसकेकी नेतृ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण