कोरोनाभाइरस उपचार कोषमा विशाल ग्रुपद्वारा १ करोड सहयोग घोषणा
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम र उपचार कोषमा विशाल ग्रुपले एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालमा कोरोनाभाइरसको जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउण्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्रीउपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको पनि जनाएको छ ।
कोरोनाभाइरसकको त्रास सुरु भएपछि फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।
फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुपले सहयोग गर्ने बताएको छ ।
साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमहरुको समर्थन गर्दै सर्वसाधारण जनतालाई सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन सबैको सुरक्षाको लागि भएकाले मिलेर पालना गर्न आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण