इन्डक्सन चुलो र महसुलमा छुट
सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार तत्काल कार्यान्वयनमा आउने गरी खाना पकाउने प्रयोजनमा इन्डक्सन प्रयोगकर्तालाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यसअनुसार मासिक १५० युनिटसम्मको खपतमा ग्राहकलाई कम्तीमा एक महिना यस्तो छुट दिइनेछ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका बेला इन्डक्सन चुलोको प्रयोग बढाउने गरी महसुलमा छुट दिने सैद्धान्तिक निर्णय गरेको थियो ।
सोहीअनुरूप अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बिहीबारको वैठकले १५० युनिटसम्मको खपतमा ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण