ट्रम्पको तारिफपछि कोरोनाबारे बोले जिनपिङः हामीले पारदर्शिता देखायौं
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको तारिफ गर्दै गरिएको ट्वीटपछि चीनको प्रतिक्रिया पनि आएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङको भनाई उद्धृत गर्दै सरकारी मिडियाले भनेको छ, ‘चीन र अमेरिका कोरोना भाइरसको लडाईंमा एकजुट छन् ।’
राष्ट्रपतिले चीनले सधैं कोरोना भाइरसको विषयमा पारदर्शिता अपनाएको बताएका छन् । जबकि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले भाइरसको विषयमा निकै ढिला गरी संसारलाई सुचित गरेको आरोप लगाएका थिए ।
राष्ट्रपति जिनपिङले भाइरससँग लड्नका लागि उनले अमेरिकालाई मद्दतको प्रस्ताव पनि गरेको बताउँदै अमेरिकाले त्यहाँ बसिरहेका चीनियाँ नागरिकको रेखदेखका लागि आवश्यक कदम उठाउने आशा पनि व्यक्त गरेका छन् ।
चीनले कोरोना भाइरसका संक्रमित लगातार बढिरहेको युरोपेली, एशियाली तथा अफ्रिकी देशमा सहायताका लागि समूह पठाइसकेको छ ।
ट्रम्पले केही बेर अघि चीनको तारिफ गर्दै ट्वीटरमा लेखे, ‘चीनले भाइरसको विषयमा निकै राम्रो बुझाई विकसित गरेको छ । हामी सँगै मिलेर काम गरिरहेका छौं । उच्च सम्मान ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण