सर्वोच्च अदालतमा तोकिएन मुद्दाको पेशी

काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएअनुसार आज सर्वोच्च अदालतमा पेशी नै तोकिएको छैन ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको यही चैत १२ गते बसेको आकस्मिक पूर्ण बैठकले उक्त भाइरसको जोखिमबाट बच्न सरकारले नै पूर्णरुपमा देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक परे मात्र इजलास बस्ने निर्णय गरको थियो ।
पूर्ण बैठकले सर्वोच्च अदालतसहित देशभरका अदालत र न्यायाधीकरणले यही चैत २१ गतेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन, महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरुको कारवाही र सुनुवाइ गर्ने र बालसुधार गृहका निवेदनउपर मात्र सुनुवाइ हुने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएको हुनाले अहिलेको अवस्थाको तोकिएको प्रकृतिका मुद्दा नभएका कारण पेशी तोकिएको छैन । सर्वोच्च अदालतमा गत शुक्रबार पनि मुद्दाको पेशी तोकिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको आत्मसम्मान उच्च बनाउन संघर्ष गर्छौँ : राजेन्द्र महतो
-
खेती लगाउन गोरु पाल्दा सरकारले दियो अनुदान, किसान दङ्ग
-
सरकार-शिक्षकबिच ९ बुँदे सहमति : राहत शिक्षकले गरे स्वागत
-
राप्रपामा आबद्ध मुस्लिम समुदायका ताहिर अली भन्छन्- नेपाल हिन्दुराष्ट्र हुनुपर्छ
-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना
-
जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित