लकडाउन सामना गर्न सास्ती
काठमाडौं – सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न समस्या भएको गुनासो गरिएको छ ।
सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि सहरी इलाकामा भने समस्या देखिन थालेको हो ।
सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर सकेका छैनन् ।
मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका करिब ६० जना कामदारले घर जान नपाएको गोल्डेन कम्पनीका प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले जानकारी दिए ।
सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि नागरिकलाई घर बाहिर निस्कन र सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो । सरकारले पुनः आइतबार लकडाउनको अवधि एक साता थप गरेको छ ।
लकडाउनमा सवारी सञ्चालनमा प्रतिबन्धका कारण सामान्य परिवारका कोही सदस्य बिरामी हुँदा हिँडेरै अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यून तथा मध्यम वर्गीय परिवारले आर्थिक कमजोर अवस्थाका कारण एम्बुलेन्स रिजर्भ गर्न नसक्ने र अन्य सवारीसाधन सञ्चालन नहुँदा हिँडेरै अस्पताल पुग्नुपरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण