बार्सिलोनाका खेलाडी तबल कटौतीमा सहमत
स्पेनिस महारथि बार्सिलोनाका खेलाडीले तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमति जनाएका छन् ।
कोरोना भाईरसले फुटबल लगायत गतिविधि ठप्प भएपछि बार्सिलोनाले ठूलो आर्थिक संकटमा पर्ने भन्दै खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो ।
सुरुवातमा बढी पारिश्रमिक पाउने खेलाडीले सहमत जनाएपनि कम तलव हुने खेलाडी असन्तुष्ट बनेका थिए । खेलाडी र पदाधिकारीको छलफलपछि खेलाडीले क्लबको अवस्थालाई ध्यानमा राखी ७० प्रतिशत तबल काट्न सहमत भएको बार्सिलोनाले जनाएको छ ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई संकट परेको बेलामा खेलाडीले सहयोग गरेको बताएका छन् । उनले सहयोगको उपायको खोजी गर्दा निर्णयका लागि केही ढिला भएको प्रतिक्रिया पनि दिए ।
यसअघि अघिकांश खेलाडी ठूलो मात्रामा क्लबले तलब कटाउन लागेको भन्दै आपत्ति जनाएका थिए । कोरोनाका कारण युरोपियन क्लब फुटबलका आर्थिक संकट देखिएपछि अन्य ठूला क्लबहरु इटालियन क्लब युभेन्टस, जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड तथा स्पेनिस क्लब एथ्लेटिको म्याड्रि«ड लगायत क्लबले पनि खेलाडी तलब कटौती गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण