लकडाउनमा जनतालाई पिट्ने सशस्त्र प्रहरी निलम्बनमा परे
काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् ।
भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्प सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।
ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो । त्यही दवावका कारण सशस्त्र प्रहरी चौधरीलाई कारवाही गर्न बाध्य भएको हो ।
गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको एसएसपी न्यौपानेले बताए । ‘अहिले एक महिनाका लागि निलम्बन गरिएको हो, घटनाको बारेमा थप छानविन भइरहेको छ, छाविनबाट आउने निष्कर्षका आधारमा थप कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन्छ’ उनले भने ।
एसएसपी न्यौपानेसहितका प्रहरी टोली कुटपिट भएकै दिन पीडित युवाको घरमा पुगेका थियो । उनले त्यहाँ कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भन्दै घटनालाई नउचाल्न आग्रह गरेका थिए ।
पीडित हरिकृष्ण साहका आफन्त सन्तोष यादवले कुटपिट गर्ने जहानमाथि कडा कारबाही हुनुपर्ने माग गरे ।
यसैबीच कुटपिटमा संलग्न जवानलाई हिजो नै क्याम्पमा झिकाइएको थियो भने तत्कालै छानविन गरी उनीमाथि कारवाही गरिएको हो । गाउँपालिका अध्यक्ष दायानन्द गोइतले लकडाउनमा घरबाट निस्कन नहुने भएपनि आवश्यक सामान ल्याउन एकदुईजना निस्कदा प्रहरीले त्यसरी कुटपिट गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण