कोरोनाभाइरस उपचारका लागि नेपाल बैंकको हरेक प्रदेशलाई ५/५ लाख आर्थिक सहयोग
काठमाडौं– नेपाल बैंक लिमिटेडले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारलाई ५/५ लाख आर्थिक सहयोग दिने भएको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन यस बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि १ करोड रकम आर्थिक सहयोग प्रदान गरिएको ।
साथै, कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारबाट भएका काम कारबाहीमा सहयोग पु¥याउनुपर्ने दायित्व बोध गरी ७ वटै प्रदेश सरकारलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व स्वरुपप्रदेश सरकारले स्थापना गरेकाकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित कोषमा जम्मा हुने गरी ५/५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।
यसरी कोरोना भाइरस संक्रमण रोकथाममा यस बैंकको तर्फबाट कूल १ करोड ३५ लाख योगदान पुग्न गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण