नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयको कोरोना कोषमा ५ लाखको योगदान
काठमाडौं– नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोनाभाइरस रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई हस्तान्तरण गरे ।
यस अघि नेपाल बैंकको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा १ करोड जम्मा गरिसकेको छ ।
हाल गण्डकी प्रदेशमा बिभिन्न २३ वटा शाखाहरु, १७ वटा ए.टी.एम. र ५ वटा एक्टेन्सन काउण्टरहरुमार्फत बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेको छ ।
बैंकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सर्वोपरी मान्दै पोखरा उपत्यकाका पृथ्वीचोक तथा सि.अ.पोखरा(तेर्सापट्टी) बाट बैंकिङ सुविधा आलोपालो गरी प्रदान गर्दै आएको पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण