'कोरोनाभाइरस संक्रमितको विश्वव्यापी आँकडा बताइएको भन्दा ५ देखि १० गुणा बढी हुनसक्ने'
संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या १० लाख नाघिसकेको पछिल्लो आँकडामा जानकारी दिइएको छ । तर अष्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक बेन्डन मर्फी यो पछिल्लो आँकडालाई विश्वास गर्न सक्दैनन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेन्डनले वास्तविक आँकडा योभन्दा पाँचदेखि १० गुणा बढी हुनसक्ने अनुमान गरेका छन् ।
उनले भने, ‘मृत्यु दर र जतिको परीक्षण गरिएको छ, त्यसलाई आधार मानेर सबै संक्रमित पत्ता लागेको भन्न मिल्दैन । यहाँ यस्ता देश पनि छन् जसले परीक्षणसमेत गर्न सक्दैनन्,’ उनले भने । ‘अष्ट्रेलियाको कुरा गर्नुपर्दा यहाँ हामीले जसरी परीक्षण गरिरहेका छौं, त्यो संसारकै उत्कृष्ट भएको हामीलाई लाग्छ ।’
शुक्रबार अष्ट्रेलियामा २ सय ४८ नयाँ संक्रमित भेटिए । यससँगै अष्ट्रेलियामा संक्रमितको संख्या ५ हजार २ सय २४ पुगेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ ।
अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार अप्रिल २ तारिखसम्म यहाँ २ लाख ७० हजारको परीक्षण गरिसकिएको छ ।
JUST IN: The number of reported COVID-19 cases worldwide has passed one million, but the true number is "probably five or 10 times as much as that," says CMO Professor Brendan Murphy. #9News
— Nine News Australia (@9NewsAUS) April 3, 2020
More here: https://t.co/jn8EaHCgzY pic.twitter.com/R53TZ2eQAY
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण