बाघमा पहिलो पटक देखियो कोरोनाभाइरस, चिडियाघरका अन्य ६ बाघ बिरामी
अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ ।
‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ब्रोन्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले बताए । नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिन्छ ।
‘सम्भवतः संक्रमणको कुनै लक्षण नदेखिएका चिडियाघरका कर्मचारीमार्फत् बाघमा यो सरेको हुनसक्छ, यही एउटा कुराले मात्रै अर्थ राख्छ,’ क्यालेले भने ।
उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ ।
यसअघि विभिन्न घरपालुवा जनावरमा कोभिड–१९ को संक्रमण देखिएको थियो । हङ्गकङमा पोमेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
मार्च महिनाको अन्तिम हप्तामा सुख्खा खोकी लागेपछि चार वर्षको बाघ नादियाको अप्रिल २ तारिखमा कोरोनाभाइरसको परीक्षण गरिएको क्यालेले जानकारी दिए । नादियाका बहिनीहरु दुईवटा साइबेरियन बाघ र तीनवटा अफ्रिकी बाघलाई पनि खोकी लागेको र उनीहरुले खान मन नगरेको बताइएको छ । यद्यपि, उनीहरुमा कोरोनाभाइरसको परीक्षण भने गरिएको छैन । चिडियाघरमा जम्मा सातवटा बाघ पशु चिकित्सकको निगरानीमा रहेका छन् । यी सबै निको हुने आशा गरिएको छ ।
ब्रोन्क्स चिडियाघर सञ्चालन गर्ने वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले यो रोग जनावरहरुमा कसरी सर्छ र यसको प्रभाव कस्तो रहन्छ केही थाहा नभएको बताउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।
स्रोत : नेसनल जियोग्राफिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
