जापानमा लागू हुनसक्छ संकटकाल
सोमबार, २४ चैत २०७६, ११ : ५४
कोरोनाभाइरसका कारण जापानको केही हिस्सामा संकटकाल लागू गरिने सम्भावना छ ।
जापानी मिडियाका अनुसार भाइरस फैलनबाट रोक्न विभिन्न कोसिसका बीच संक्रमितको संख्या लगातार बढिरहेको छ । प्रधानमन्त्री शिन्जो आबेले सोमबार यसबारे घोषणा गर्नसक्ने विभिन्न सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
यद्यपि, संकटकाल घोषणा गरेको दिनदेखि र पूरा देशैभरी लागू नहुने बताइएको छ । संकटकाल टोकियो र ओसाकाजस्ता ठूला शहरका लागि लागू नहुने जानकारीमा उल्लेख छ ।
यो निर्णयपछि सरकारले मानिसहरुलाई घरभित्रै बस्न र आफ्नो कारोबार बन्द गर्ने आदेशलाई कडा रुपमा लागु गर्न सक्छ ।
जापानमा अहिलेसम्म ३ हजार ६ सय कोरोनाभाइरसको संक्रमित भेटिएका छन् । यहाँ ८५ जनाको मृत्यु भइसकेको छ । संक्रमण सबैभन्दा धेरै टोकियोमा देखिएको छ जहाँ अहिलेसम्म हजार बढी संक्रमित भेटिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण