९ बजे ९ मिनेट बत्ती ननिभाउँदा मुसलमान परिवारमाथि धारिलो हतियारले हमला
भारतको हरियाणाको जिन्द गाउँमा आइतबार केही मानिसहरुले आफ्नो छिमेकमा बस्ने चार मुसलमान दाजुभाइमाथि धारिलो हतियारले हमला गरेका छन् ।
आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र बाहिर बत्ती नबालेका कारण हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेका हुन् ।
हमलामा चार दाजुभाइ– ३६ वर्षका बशीर खान, ३४ वर्षका सादिक खान, ३२ वर्षका नजिर खान र ३० वर्षका सन्दीप खान घाइते भएका छन् । अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख महानिरिक्षक अश्विन शेन्वीले बीबीसीसँगको कुराकानीमा उनीहरुले चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्दै पक्राउ गरिएको जानकारी दिए ।
उनले अहिले घटनाको अनुसन्धान चलिरहेको छ र थप जानकारी पाइने आशा गरेका छन् ।
शुक्रबार मोदीले सबै जनतालाई कोरोनाभाइरस विरुद्धको लडाईंमा एकजुटता देखाउनका लागि आइतबार राती ९ बजे ९ मिनेटसम्म आफ्नो घरको बत्ती निभाएर बालकोनी वा ढोका बाहिर बसेर दियो वा मैनबत्ती बाल्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण