९ बजे ९ मिनेट बत्ती ननिभाउँदा मुसलमान परिवारमाथि धारिलो हतियारले हमला
भारतको हरियाणाको जिन्द गाउँमा आइतबार केही मानिसहरुले आफ्नो छिमेकमा बस्ने चार मुसलमान दाजुभाइमाथि धारिलो हतियारले हमला गरेका छन् ।
आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र बाहिर बत्ती नबालेका कारण हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेका हुन् ।
हमलामा चार दाजुभाइ– ३६ वर्षका बशीर खान, ३४ वर्षका सादिक खान, ३२ वर्षका नजिर खान र ३० वर्षका सन्दीप खान घाइते भएका छन् । अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख महानिरिक्षक अश्विन शेन्वीले बीबीसीसँगको कुराकानीमा उनीहरुले चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्दै पक्राउ गरिएको जानकारी दिए ।
उनले अहिले घटनाको अनुसन्धान चलिरहेको छ र थप जानकारी पाइने आशा गरेका छन् ।
शुक्रबार मोदीले सबै जनतालाई कोरोनाभाइरस विरुद्धको लडाईंमा एकजुटता देखाउनका लागि आइतबार राती ९ बजे ९ मिनेटसम्म आफ्नो घरको बत्ती निभाएर बालकोनी वा ढोका बाहिर बसेर दियो वा मैनबत्ती बाल्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको सम्पत्ति : घर छैन, डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स
-
गर्भवती हुन् कट्रिना कैफ ?
-
गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
-
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)
-
गृहमन्त्रीसँग ८० तोला सुन, कति छ रवि लामिछानेको अरु सम्पत्ति ?
-
सरकारबाट प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला भयो : राजेन्द्र बजगाईँ