उत्तर कोरियाले आफ्ना नागरिकलाई दियो लसुन खान सल्लाह
बुधबार, २६ चैत २०७६, ११ : १८
उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ ।
उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको पनि छ । सरकारले डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ ।
मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ किनभने यसले रोग प्रतिरोधी क्षमता कम गराउँछ । साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ ।
साथै, उत्तर कोरियाले आफ्ना जनतालाई लसुन, प्याज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ । यसका साथै मास्क लगाउन पनि सल्लाह दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण