संसारभरी कोरोना संक्रमणले ९५ हजारभन्दा बढीको ज्यान लियो
कोरोनाभाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् ।
अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको छ जबकि यहाँ १६.६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यस्तै, भारतमा संक्रमित बिरामीको संख्या ५ हजार ८ सय पार भएको छ । हालसम्म यहाँ १६९ बिरामीको मृत्यु यो भाइरसका कारण भएको छ ।
मृत्युको आँकडालाई हेर्ने हो भने इटलीको स्थिती अहिलेसम्म पनि भयावह छ । इटलीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ छ । यहाँ अहिलेसम्म १८ हजार २ सय ७९ को मृत्यु भइसकेको छ । कोरोना संक्रमित २८ हजार ४ सय ७० जना निकोसमेत भइसकेका छन् । जबकी स्पेनमा १ लाख ५३ हजार २ सय २२ जना कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ अहिलेसम्म १५.४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण