शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

शनिबार, २९ चैत २०७६, ०८ : १७
शनिबार, २९ चैत २०७६

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २  की  २६ वर्षीया मिङ्मारडोपा शेर्पाको  हेलिकोप्टरमार्फत गाउँपालिका आफैंले शुक्रबार उद्धार गरेको जनाएको छ ।  

सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको  वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए । पेटमा शिशु उल्टो अवस्थामा  रहेकाले  शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । शेर्पालाई काठमाडौँको  ह्याम्स अस्पताल पु¥याइएको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत  जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र   बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । 

सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उहाँको गुनासो छ ।

करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानाको विकल्प छैन । 

भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पु¥याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप