हेलिकोप्टरबाट गर्भवतीको उद्धार
खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफैंले शुक्रबार उद्धार गरेको जनाएको छ ।
सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए । पेटमा शिशु उल्टो अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पु¥याइएको छ ।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था भएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उहाँको गुनासो छ ।
करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानाको विकल्प छैन ।
भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पु¥याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण