सवारीसाधनमा समस्या आएर अत्यावश्यक सेवामा अवरोध आयो ? सिप्रदीले दिनेछ तत्काल सेवा, सिधै फोन गर्नुहोस्
काठमाडौं– टाटा मोटर्सको नेपाल स्थित आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले लकडाउनको अवधिमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारीसाधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको छ ।
सिप्रदीले १६० भन्दा बढी एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनहरुलाई सेवा दिईसकेको जानकारी गराएको हो ।
सिप्रदीले आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहेको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप तत्पर रहेको बताएको छ ।

सरकारद्वारा जारी गरिएका नियम पालना गरी कम्पनीका आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, कर्मचारीहरु २४सैं घण्टा राष्ट्रका सेवक तथा ग्राहकहरुलाई सेवा दिन तयार रहेको पनि कम्पनीले जनाएको छ ।
यसविषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित अधिकारीहरूलाई फोन सम्पर्क गरी सेवा लिन सकिने पनि कम्पनीले बताएको छ ।
जसको लागि http://www.sipradi.com.np/news/contact-details-service वेबसाईटमा गई आवश्यकताअनुसारको सेवा लिन सकिने पनि कम्पनीले बताएको छ ।
अत्यावश्यक अवस्थामा कम्पनीको टोल फी नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न पनि कम्पनीको अनुरोध छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण