श्रीलङ्कामा कोरोनाका कारण मृत्यु भएकाहरुको शव जलाउनु अनिवार्य, मुसलमान रुष्ट
श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेहरु जुनसुकै धर्मको भएपनि अन्त्येष्टी भने जलाएर नै गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । श्रीलङ्काको सरकारले अल्पसंख्यक मुसलमानको विरोधको उपेक्षा गर्दै यस्तो निर्णय लिएको हो ।
समाचार एजेन्सी एफपीका अनुसार श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म सातजनाको मृत्यु भएको छ । यीमध्ये तीनजना मुसलमान थिए । यी मुसलमानको शव पनि जलाइयो जबकी आफन्त र परिवारका सदस्य यसका लागि तयार थिएनन् ।
आइतबार श्रीलङ्काका स्वास्थ्यमन्त्री पवित्रा वाणिअराचछीले भने, ‘कोरोनाभाइरस संक्रमणका कारण भएको मृत्यु र संदिग्ध बिरामीको मृत्यु हुँदा पनि शवलाई जलाइनेछ ।’
यद्यपि, विश्व स्वास्थ्य संगठनले संक्रमणका कारण मृत्यु हुँदा शवलाई जलाउन वा गाड्न दुबै हुने बताएको छ ।
अहिलेसम्म श्रीलङ्कामा कोरोनाभाइरसका २ सय बढी संक्रमित पाइएका छन् । श्रीलङ्काले संक्रमण रोक्नका लागि कर्फ्यू लगाएको छ । श्रीलङ्का सरकारको यो निर्णयमाथि थुप्रै मोर्चाले आलोचना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण