केनको मुल्य दुई सय मिलियन पाउन्ड
इङ्लिस क्लब टोट्टनहामले स्टार स्ट्राइकर ह्यारी केनलाई बेच्ने तयारी गरेको छ । टोट्टनहामले केनको मुल्य समेत दुई सय मिलियन पाउन्ड तोकेको छ ।
केनलाई प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
कोरोनाका कारण क्लबलाई आर्थिक संकट आउन सक्ने भन्दै टोट्टनहामले केनलाई बेच्न लागेको हो । टोट्टनहामका प्रमुख डेनियल लेभीले केन बेच्ने विषयमा सहमति भएको खुलासा गरेका छन् ।
डेनियलले आगामी सिजन केनलाई युनाइटेड पठाउने विषयमा छलफल भईरहेको पनि बताए । यता युनाइटेडले केनलाई महंगो रकम तिर्न पउल पोग्वालाई बेच्ने तयारी गरेको छ ।
टोट्टनहामलाई अहिले नयाँ स्टेडियम बनाउँदा र कोरोनाका कारण फुटबल समेत ठप्प हुँदा ठूलो आर्थिक संकट परेको छ । प्रिमियर लिग फुटबल तत्काल सुरु नभए टोट्टनहामलाई स्टेडियम निर्माणको किस्ता रकम ६ सय ३७ मिलियन पाउन्ट तिर्न कठिन हुने बताईएको छ ।
त्यसैले पनि टोट्टनहाम अहिले स्टार खेलाडी बेच्ने तयारीमा देखिएको हो । २६ बर्षीय केन सन् २००९ देखि टोट्टनहाममा छन् । उनले बीचका अन्य क्लबमा लोनका पनि खेले । केनले पनि पछिल्लो समय टोट्टनहाम छाड्न चाहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण