कोरोनासंक्रमित महिलासँगै बसमा आएका परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखियो, १७ जनाको अत्तोपत्तो छैन
कैलाली । कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ ।
‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । 'बस नम्बर र ३४ जना यात्रुको खोजी गरिरहेका छौँ भेट्टाउनासाथ क्वारेन्टाइनमा राख्छौँ, उनले भने ।
यता, लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइँले महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायतको १७ जनाको टोलीसँगै आएको बताए । ‘उनीहरुमध्ये महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा पठाइसकेका छौँ भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राराखिसकेका छौ’ उनले भने । अन्य १७ जना कुन ठाउँका हुन् भन्ने थाहा नभएको बताए ।
टीकापुर अस्पतालका व्यवस्थापन समितीका अध्यक्षय दीपक रावलले आजै टिकापुर अस्पतालको एम्बुलेन्समा राखेर सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गर्न ति महिलालाई पठाइएको जानकारी दिए ।
केही दिन पहिला काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले महिलालाई -यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ देखाएपछि उनी लगाएत अन्यलाई पनि घर पठाइएको नगर प्रमुख बजगाइँले बताए । पछि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनभाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण