एनआइसी एशियाका ग्राहकले अब अनलाइनमार्फत सामान खरिद गर्दा १०% छुट पाउने
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने भएको छ ।
दराज अनलाइनमा रहेको बीग मार्टका साथै सेल्सबेरी, मेरो किराना तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ ।
जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।
यसका साथै यस बैैकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण