बेलायतमा कोरोनाबाट भूपू गोर्खा गुरुङको निधन
लण्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।
अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो ।
नियमित रुपमा शारीरिक व्यायाम गर्ने गुरुङलाई अन्य रोग नरहेको बताइएको छ । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।
‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्ष समेत रहेका थिए ।
अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण