५ बजेपछि ‘नो लकडाउन’ ! (तस्बिरमा हेर्नुहोस्)
भक्तपुर । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लकडाउन गरेको छ । गत चैत ११ देखि जारी लकडाउन वैशाख १५ गतेसम्म देशभर कायम हुनेछ ।
सम्भावित भयावहक अवस्थालाई रोक्न जारी गरिएको लकडाउन भक्तपुरमा भने साँझपख प्रभावहीन देखिन्छ । मासिनहरु तोकिएको सामाजिक दुरी समेत कायम नगरी पसलमा सामान किन्दै गरेका भेटिन्छन् । अरनिको राजमार्गमात्र होइन भित्र सडकहरु समेत सार्वजनिक सवारी बाहेक गुडिरहेका हुँन्छन् ।
सुरक्षाकर्मीले रोक्दा यो वा त्यो वहाना बनाउने समेत धेरै छन् । काठमाडौंबाट भक्तपुर हुँदै पूर्वतर्फ पैदल जाने क्रम रोकिएको छैन । भक्तपुरमा सडक पेटी र किनारामा गरिने तरकारी बिक्री तथा बजारमा बाहिर सटर बन्द गरेर भित्र संंचालन हुने मदिरा व्यापार कोरोना संंक्रमणको उच्च जोखिम रहेको स्थानीयहरुको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशी भन्छन्, ‘मानिस घुम्ने मनशायका साथ घर बाहिर आउने गरेका छन्’ । उनी थप्छन् ‘आधा किलो काउली र एक पाउ गोलभेडा बोकेर प्रहरीको आँखा छल्ने धेरै भेटिन्छन्’ । भक्तपुरमा साँझ ५ बजेपछि ‘नो लकडाउन’ जस्तै भएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण