कोरोनाको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु
लण्डन । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यससँगै बेलायतमा काेराेनाबाट ज्यान गुमाउने नेपालीकाे संख्या १० पुगेकाे छ ।
बुधबार थप एकजना पूर्व गोर्खाको निधन भएको हो । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो । उनी स्थानीय पशुपतिनाथ मन्दिरमा आजीवन सदस्य पनि थिए ।
पुर्ख्यौली घर स्याङ्जा भएका श्रेष्ठ सन् २०१० देखि बेलायतमा बस्दै आएका हुन् । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।
सामान्य रुघाखोकी र पखालाका कारण समस्या उत्पन्न भएपछि ३१ मार्चका दिन साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो ।
अक्सिजनको मात्रा कम देखिएका श्रेष्ठलाई भोलिपल्ट नै भेन्टिलेटरमा राखिएको थियो । दुई दिनपछि उनलाई लन्डनको गाइज अस्पतालमा सारिएको थियो ।
अस्पताल भर्ना भएको चौथो दिनमा उनलाई कोरोनाको पूष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण