चीनको विकास दरमा तीन दशकपछि गिरावट
शुक्रबार, ०५ वैशाख २०७७, ०९ : ५६
सन् २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपीमा ६.८ प्रतिशतको गिरावट आएको छ । सन् २०१९ को पहिलो त्रैमासिकको तुलनामा यति प्रतिशतको गिरावट देखिएको हो । यदि यसअघिका त्रैमासिकसँग यसको तुलना गर्ने हो भने चिनियाँ अर्थव्यवस्थामा यो गिरावट अझ धेरै छ । पछिल्लो त्रैमासिकको तुलनामा यो गिरावट ९.८ प्रतिशत छ ।
शुक्रबार जारी सरकारी आँकडाका अनुसार पछिल्लो तीन दशकमा पहिलोपटक चीनको अर्थव्यवस्थामा गिरावट आएको हो ।
सांघाईस्थित बीबीसी संवाददाता रबिन ब्रेन्टका अनुसार कोरोनाभाइरसको महामारी फैलिएपछि चीन संसारको पहिलो देश हो जसले अर्थव्यवस्थामाथि यसको प्रभावसम्बन्धि आँकडा आधिकारिक रुपमा जारी गरेको हो ।
चिनियाँ अधिकारीका अनुसार अर्थव्यवस्थामा गिरावट हुँदाहुँदै पनि रोजगार स्थिर छ र कुनै ठूलो परिमाणमा जागिरमा कटौती भइरहेको छैन । चीनमा बेरोजगारी हाल ६.२ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण