चौतर्फी प्रश्नले घेरियो चीन
संसारभरी कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार पार भइसकेको छ । यीमध्ये युरोपमा मात्रै एक लाख बढीको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ । यहाँ कोरोनाभाइरसकाकारण ३८ हजार ९ सय १० जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि चीनले कोरोनाभाइरसको महामारीको विषयमा जानीजानी जानकारी लुकाएको हो भने उसले कुनै पनि हालतमा नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाको कहर रोकिने छाँटकाँट देखिएको छैन । संक्रमणको खतरालाई मध्यनजर गर्दै अमेरिका र क्यानडामा एक महिनासम्मको सीमा बन्द राख्ने सहमती भएको छ ।
यता अष्ट्रेलियाका विदेशमन्त्री मारिज पायनेले कोरोना भाइरसको अन्तर्राष्ट्रिय संक्रमणको स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले यो अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको भूमिका हुनुपर्ने पनि बताएका छन् । अष्ट्रेलियाका विदेशमन्त्रीले पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कुरासँग सहमती जनाउँदै यो पूरा संकटमा कुप्रबन्ध स्पष्ट रुपमा देखिएको बताएका छन् भने चीनले यसमा पूर्ण पारदर्शिता नअपनाएको पनि आरोप लगाएका छन ।
उनले यो महामारीपछि चीनसँग अष्ट्रेलियाको सम्बन्धमा परिवर्तन आउने बताएका छन् । यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले चीनमाथि प्रश्न उठाउादै चीनले यो भाइरसलाई राम्रोसँग व्यवस्थापना नगरेको आरोप लगाए । म्याक्रोंले पनि पारदर्शिताका लागि चीनमाथि प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण