आज मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने, सतर्क रहन आग्रह
सोमबार, ०८ वैशाख २०७७, ०८ : २३
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ ।
महाशाखाले जारी गरेको सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
यसैगरी, अपरान्हपश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण