न्यूजिल्याण्डकी प्रधानमन्त्रीले भनिन्, ‘हामीले संक्रमणमाथि नियन्त्रण पायौं’
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरसको विषयमा न्यूजिल्याण्डले अन्य देशको तुलनामा शानदार काम गरेको बताएकी छिन् । उनले आफ्नो दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा न्यूजिल्याण्डले संक्रमणमाथि लगभग नियन्त्रण पाएको बताएकी छिन् ।
न्यूजिल्याण्डमा कोरोना संक्रमणका कारण हालसम्म १२ जनाले ज्यान गुमाएका छन् । जसिन्डाका अनुसार उनले हरेक व्यक्तिको स्वास्थ्यबारे फोनमा जानकारी प्राप्त गर्ने गर्छिन् ।
उनले भनिन्, ‘हामी ती सिमित देशमध्ये एक हुनसक्छौं जसले यस्तो स्थितीमा पनि केही काम गर्न सकेका छौं । सरकारी अधिकारी विश्वस्त छन् कि देशमा कम्युनिटी ट्रान्समिसन भइरकेको छैन ।’
न्यूजिल्याण्डमा २८ अप्रिलदेखि लकडाउन थोरै खुकुलो बनाइएको छ । कोरोबार बिस्तारै सुरु हुनेछन् र पसल सर–सफाइका लागि केही कर्मचारीले छुट पाउनेछन् । यद्यपि, सामाजिक दुरी र घरमै बस्ने नियम भने केही समयका लागि लागू हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण