कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सात विषयमा अध्ययन
काठमाडौं – नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ ।
स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो । एनएचआरसीका कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार सङ्क्रमणको सफल उपचार भएकाहरूको प्लाज्मामार्फत सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ ।
¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर)को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरूको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको छ ।
यस्तै कोभिड–१९ को विषयमा नागरिकको ज्ञान, कोरोना भ्याक्सिन निर्माणको सम्भावना, कोरोना उपचारको सन्दर्भ, आयुर्वे्दिक औषधि र नेपालमा पाइने बहुमूल्य वनस्पतिको अध्ययन र सेनिटाइजेसन टनेलले मानव स्वास्थ्यमा पार्ने प्रभावजस्ता विषयमा समेत परिषद्ले अनुसन्धानकर्तासँग मिलेर अध्ययन थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण