ट्रोलरले सोधे, ‘पिएम केयर फन्डमा कति पैसा दियौ ? ’ शाहरुखले भने, ‘खजाञ्ची हो र ?’
शाहरुख खानले सोमबार ट्वीटरमा प्रश्नोत्तर सेसनको आयोजना गरे जुन ट्वीटर इन्डियाको एक नम्बरमा ट्रेन्ड भयो । यतिबेला शाहरुखले आफ्नो प्रशंसकले सोधेको प्रश्नको जवाफ दिए । तीमध्ये केही रमाइला थिए भने केही तिखा । उदाहरणका लागि एक प्रयोगकर्ताले शाहरुखलाई सोधे, ‘सर साँचो–साँचो भन्नु पीएम केयर्स फन्डमा कति दिनुभयो ?’ यसको तिखो जवाफ दिँदै उनले लेखे, ‘साँच्चै... खजाञ्ची हो र ?’
सलमानलाई बताए कमालका सिंगलः
अर्का एक प्रशंसकले प्रश्न सोधे, ‘सलमान खानले हालै आफ्नो आवाजमा एउटा गीत लञ्च गरेका छन् जुन कोरोना र देशप्रति उनको प्रेमबारे छ । के तपाईंले हेर्नुभएको छ ? यसको जवाफमा शाहरुखले लेखे, ‘भाइ कमालको सिंगल र सिंगर हुनुहुन्छ ।’
जब गौरीलाई हाई भनिदिन आग्रह गरेः
एक प्रशंसकले शाहरुखलाई आफ्नो सपनाबारे बताए । उनले लेखे, ‘हिजो मैले गौरीलाई भेटेको सपना देखेँ र हामीले तपाईंबारे कुरा गरेका थियौं । तपाईंलाई मैले दुईपटक मात्रै भेटेको (सपनामा मात्रै सही) उहाँलाई बताएँ र उहाँ निकै खुसी हुनुभयो । मैले उहाँलाई पुनः भेट्न चाहेको भन्दै आफ्नो इच्छा प्रकट गरेँ र भनेँ आइ लभ यूँ । वास्तवमा, उहाँले मलाई रुचाउनुभएको थियो । त्यसकारण उहाँलाई हाइ भनिदिनहोस् ।’ यसको जवाफमा उनले लेखे, ‘आज राती जब उनी मेरो सपनामा आउँछिन् तब हाइ भनिदिनेछु ।’
नयाँ फिल्मबारे कहिले घोषणा गर्ने ?
अर्का एक प्रशंसकले सोधे, ‘तपाईं आफ्नो नयाँ फिल्मको घोषणा कहिले गर्नुहुन्छ ? अफवाहबाट थाकिसकेका छौं र तपाईंको लुक देखेर तपाईंको नयाँ फिल्मको विश्लेषण गर्छौं र तपाईंले यो फिल्म गर्न लाग्नुभएको होला भनेर अनुमान गर्छौं ।’
यसको जवाफमा उनले लेखे, ‘आफैंलाई थकित नबनाउनुहोस् । पक्कै पनि फिल्म खेल्नेछु । ती पक्कै पनि बन्नेछन् र तपाईंलाई यसबारे निश्चित रुपमा थाहा हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण