ट्रोलरले सोधे, ‘पिएम केयर फन्डमा कति पैसा दियौ ? ’ शाहरुखले भने, ‘खजाञ्ची हो र ?’

शाहरुख खानले सोमबार ट्वीटरमा प्रश्नोत्तर सेसनको आयोजना गरे जुन ट्वीटर इन्डियाको एक नम्बरमा ट्रेन्ड भयो । यतिबेला शाहरुखले आफ्नो प्रशंसकले सोधेको प्रश्नको जवाफ दिए । तीमध्ये केही रमाइला थिए भने केही तिखा । उदाहरणका लागि एक प्रयोगकर्ताले शाहरुखलाई सोधे, ‘सर साँचो–साँचो भन्नु पीएम केयर्स फन्डमा कति दिनुभयो ?’ यसको तिखो जवाफ दिँदै उनले लेखे, ‘साँच्चै... खजाञ्ची हो र ?’
सलमानलाई बताए कमालका सिंगलः
अर्का एक प्रशंसकले प्रश्न सोधे, ‘सलमान खानले हालै आफ्नो आवाजमा एउटा गीत लञ्च गरेका छन् जुन कोरोना र देशप्रति उनको प्रेमबारे छ । के तपाईंले हेर्नुभएको छ ? यसको जवाफमा शाहरुखले लेखे, ‘भाइ कमालको सिंगल र सिंगर हुनुहुन्छ ।’
जब गौरीलाई हाई भनिदिन आग्रह गरेः
एक प्रशंसकले शाहरुखलाई आफ्नो सपनाबारे बताए । उनले लेखे, ‘हिजो मैले गौरीलाई भेटेको सपना देखेँ र हामीले तपाईंबारे कुरा गरेका थियौं । तपाईंलाई मैले दुईपटक मात्रै भेटेको (सपनामा मात्रै सही) उहाँलाई बताएँ र उहाँ निकै खुसी हुनुभयो । मैले उहाँलाई पुनः भेट्न चाहेको भन्दै आफ्नो इच्छा प्रकट गरेँ र भनेँ आइ लभ यूँ । वास्तवमा, उहाँले मलाई रुचाउनुभएको थियो । त्यसकारण उहाँलाई हाइ भनिदिनहोस् ।’ यसको जवाफमा उनले लेखे, ‘आज राती जब उनी मेरो सपनामा आउँछिन् तब हाइ भनिदिनेछु ।’
नयाँ फिल्मबारे कहिले घोषणा गर्ने ?
अर्का एक प्रशंसकले सोधे, ‘तपाईं आफ्नो नयाँ फिल्मको घोषणा कहिले गर्नुहुन्छ ? अफवाहबाट थाकिसकेका छौं र तपाईंको लुक देखेर तपाईंको नयाँ फिल्मको विश्लेषण गर्छौं र तपाईंले यो फिल्म गर्न लाग्नुभएको होला भनेर अनुमान गर्छौं ।’
यसको जवाफमा उनले लेखे, ‘आफैंलाई थकित नबनाउनुहोस् । पक्कै पनि फिल्म खेल्नेछु । ती पक्कै पनि बन्नेछन् र तपाईंलाई यसबारे निश्चित रुपमा थाहा हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले