वीरबलको चतुरता
अहिले हामी लकडाउनको पालना गरेर घरमै बसिरहेका छौँ । यो बिदामा मैले घरको काममा बाबा आमालाई सघाउने, बहिनीलाई फकाउने, गीत, कविता, लेख लेख्ने गरेको छु । साथै बाबाआमाले सुनाउनुभएका कथा र धेरै कुरा सुनेको छु । मलाई आजभोलि बाबाले अकबर वीरबलको कथा सुनाउनुभएको छ । बाबाले सुनाउनुभएको अकबर वीरबलको कथा सुन्दा सुन्दा मैले पनि एउटा कथा लेखेको छु ।
एकादेशमा अकबर नाम गरेका एउटा राजा थिए । उनका वीरबल नाम गरेका मन्त्री थिए । अकबरले अरू दरबारियालाई अनौठा अनौठा काम गर्न लगाएर आनन्द लिने गर्थें ।
एक दिन उनले वीरबललाई भने सबै दरबारियालाई बोलाएर बैठक राख । नआउने भारदारलाई सजाय मिल्ने कुरा बताए । राजाको आदेशले वीरबलले बैठक बोलाए । सबै दरबारिया भारदार अचम्म मान्दै आए । राजा पनि आए र बैठक सुरु गरे ।
राजाले सबैलाई एउटा एउटा फुटबल र घैँटो दिँदै भनेछन्– यो बल कसले घैँटोभित्र हाल्न सक्छ । तीन दिनभित्र आउनु तर बल र घैँटो कुनै पनि फुटाउन पाइँदैन । फुटाउनेलाई सजाय मिल्नेछ ।
सबै अचम्म मान्दै बल र घैँटो लिई घर गएछन् । पाँचौँ दिनसम्म पनि कोही नआएपछि राजाले वीरबलसँग चिन्ता व्यक्त गरेछन् । वीरबलले पनि हजुरले इनामको घोषणा नगरेर हो । इनामको घोषणा गरेपछि कोही न कोहीले ल्याउने छ भनेछन् ।
अनि राजाले तुरुन्त बैठक राखेछन् । सबै दरबारिया भारदार डराइ डराइ बैठकमा आए । तर राजाले कसैलाई गाली गरेनन् बरु इनामको घोषणा गरेछन् । त्यसपछि सबैजना घर गएछन् । वीरबलले रामलाई भनेछन् राम तिमीले बलको हावा निकाल र बललाई घैंटोमा राख अनि हावा भरेर राजाकोमा लैजाऊ ।
रामले पनि वीरबलले भनेझैँ गरेछ र राजाकोमा गएछ । घैँटोभित्र बल देखेपछि राजा दङ्ग पर्दै बैठक डाकेछन् र रामलाई इनाम दिएछन् र आइतबार बोलाएछन् । रामलाई घैँटोमा बल हाल्न कसले सिकायो भनेर सोधेछन् । सुरुमा त रामले भनेनछ । तर राजाले धेरै कर गरेपछि बीरवलले सिकाएको कुरा बताएछ । त्यसपछि राजाले वीरबलको चतुरता र बुद्धिको प्रशंसा गरेछन् ।
कथा सकियो । ‘सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । यो कथा वैकुण्ठ जाला । भन्न चाहेको बेला खुरुखुरु खुरुखुरु मुखमा आइजाला ।’

Title Photo: https://i.ytimg.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण