आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।
भने हालको देशको मौसम मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू(भागका एक(दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण