कोरोनाभाइरस हामीसँग लामो समय रहन्छ : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् ।
अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा डा. टेड्रोसले पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको बताए । ‘महामारीको सुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुनः संक्रमितको संख्या बढ्दो छ,’ उनले भने, ‘गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ । यो भाइरस हामीसँग लामो समय रहनेछ ।’
उनले थपे, ‘लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ । तर, भाइरस अझै पनि खतराको रुपमा कायम छ । संक्रमण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापरवाह हुनसक्ने हो ।’
डा. टेड्रोसले विश्व स्वास्थ्य संगठनले महामारीविरुद्ध गरिरहेको कारवाहीको पनि बचाऊ गरे । उनले समयमा नै कोभिड–१९ को बारे विश्वलाई चेतावनी दिएको दाबी गरे ।
विश्वका धेरै राष्ट्रका सरकारहरुले डब्लूएचओले गरिरहेको कामका लागि प्रशंसा गरे पनि अमेरिकाबाट राजीनामाका लागि ठूलो दबाब आइरहेको छ । यसबारे प्रश्न गर्दा उनले आफू मानिसको ज्यान बचाउन दिन र रात काम गरिरहने बताए ।
हालसम्म विश्वमा २६ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने १ लाख ८१ हजारभन्दा बढीले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण