आरडीटी परीक्षणमा पोजेटिभ आएको व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ
कैलाली – सुदुरपश्चिम प्रदेशमा आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएका एक जनाको पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
आरडीटी परिक्षण गर्दा हाल सम्म ५ जनालाई कोभिड १९ को पोजिटिभ देखाएको थियो ।
अन्य ४ जनाको भने रिपोर्ट आउन बाँकी छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो ।
४ जनाको आरडीटी जाँचबाट पोजेटिभ देखाएको छ तर पिसिआर जाँचको रिजल्ट आउँन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
अहिलेसम्म पीसीआर मेसिनबाट २६३६ जनाको स्वाव नमुना संकलन गरिएको छ ।
जसमध्ये २६३१ जनाको नमुना जाँच गरिएको उनले वताए । २६२६ जनाको नमुना नेगेटिभ आएको र ५ जनाको भने पोजिटिभ आएको बताए ।
पोजेटिभ आएका व्यतिmमध्ये ३ जना निको भएरु घर गईसकेका छन् अन्य २ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको उनले बताए ।
अन्य २ जना पनि स्वास्थ्य अवस्था समान्य नै रहेको उनले वताए । अझै गम्भीर प्रकृतिका ५ नमुना स्वाबको रिजल्ट आउन बाँकी रहेको छ ।
धनगढीमा स्थापना भएको पिसिआर मेसिनबाट ३१५ जनाको स्वाव नमूना जाँच भएको छ । यो प्रदेशमा अहिलेसम्म आरडीटी प्रविधिवाट ८२०३ जनाको परिक्षण भएको छ । जसमध्ये ८१९८ को नेगेटिभ छ ।
२४ घण्टामा आरडीटीबाट ८९६ जनाको जाँच गरेको छ । अझै १०२८२ वटा आरडीटी किड स्टक रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
अहिलेसम्म क्वारेन्टाईनमा १७५९ जना छन भने १५७० पुरुष र १८९ जना महिला छन् । आईसोलेसनमा ६ जनाले उचार गराई रहेका छन् भने ९९ जना निको भएर घर गईसकेका छन । आरडीटी पोजेटिभ भएका व्यक्तिका आफन्त र साथीहरुको जाँच पनि जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण