आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् निर्वाचन आयोगमा दल दर्ता गराउँदाको चहलपहल

बिहीबार, ११ वैशाख २०७७, ११ : ५७
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो  । 

निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । तत्कालीन राजपा र समाजवादीका नेताहरु शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेको पार्टी एकताको निर्णयको पत्र पनि आयोगमा बुझाएका छन् । बाँकी कागजपत्र पछि बुझाउने गरी निवेदन दर्ता गरेको नेता राजेन्द्र महतोले जानकारी दिए । 

निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ । 

समाजवादीका केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न दुई दलले एकताको घोषणा गरेको भोलिपल्ट बिहीबार उनीहरु अयोग पुगेका हुन् । दल दर्ताका लागि राजेन्द्र महतो,उपेन्द्र यादव, महन्थ ठाकुरलगायत निर्वाचन आयोग पुगेका थिए । 

दल दर्ता गराउन नेताहरु पुग्दा निर्वाचन आयोगमा देखिएका दृश्यहरुः

फोटोः कृष्ण खड्का र शम्भु दंगाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप