तस्बिरमा हेर्नुहोस् निर्वाचन आयोगमा दल दर्ता गराउँदाको चहलपहल
काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो ।
निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । तत्कालीन राजपा र समाजवादीका नेताहरु शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेको पार्टी एकताको निर्णयको पत्र पनि आयोगमा बुझाएका छन् । बाँकी कागजपत्र पछि बुझाउने गरी निवेदन दर्ता गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ ।
समाजवादीका केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न दुई दलले एकताको घोषणा गरेको भोलिपल्ट बिहीबार उनीहरु अयोग पुगेका हुन् । दल दर्ताका लागि राजेन्द्र महतो,उपेन्द्र यादव, महन्थ ठाकुरलगायत निर्वाचन आयोग पुगेका थिए ।
दल दर्ता गराउन नेताहरु पुग्दा निर्वाचन आयोगमा देखिएका दृश्यहरुः
फोटोः कृष्ण खड्का र शम्भु दंगाल













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण