मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइसबारे हालसम्मका ठूला अपडेट्स

बिहीबार, ११ वैशाख २०७७, १२ : १०
बिहीबार, ११ वैशाख २०७७

– अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनको संख्या ४७ हजार पुगेको छ । यस्तै यहाँ कोरोनाभाइरसका कूल ८ लाख ४९ हजार संक्रमित देखा परेका छन् ।

– वर्ल्डोमिटरर्सका ताजा आँकडा अनुसार संसारभरी कूल २६ लाख ३९ हजार बढी संक्रमित छन् भने मृतकको संख्या १ लाख ८४ हजार पुगेको छ ।

– बेलायतमा मृतकको संख्या १८ हजार नाघेको छ संक्रमितको संख्या पनि १ लाख ३३ हजार नाघेको छ ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पका अनुसार उनले कोरोनाभाइरसबारे ह्वाइट हाउसमा आयोजना हुने दैनिक पत्रकार सम्मेलनको ठिक अघि यसमाथि हस्ताक्षर गरेका हुन् ।

– कोरोनाभाइरसका कारण दक्षिण कोरियाको अर्थव्यवस्था १.४ प्रतिशत घटेको छ । बिहिबार सेन्ट्रल बैंकले बयान जारी गर्दै दक्षिण कोरियाको अर्थव्यवस्था आर्थिक वर्षको पहिलो त्रैमासिमको यति खराब स्तरमा आएको जानकारी दिएको छ । पछिल्लो एक दशकमा पहिलो पटक यस्तो भएको बताइएको छ ।

यसअघि चीनले अर्थव्यवस्थामाथि कोरोनाको प्रभावबारे आधिकारिक आँकडा जारी गरेको थियो । सन् २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपीमा ६.८ प्रतिशतको गिरावट देखिएको छ । सरकारी आँकडाका अनुसार पछिल्लो तीन दशकमा पहिलो पटक चीनको अर्थव्यवस्थामा यस्तो गिरावट आएको हो ।

– कोरोनाभाइरसको महामारी फैलिएपछि चीन र अष्ट्रेलियाको सम्बन्ध लगातार खराब भइरहेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विश्व स्वस्थ्य संगठनका सबै सदस्यलाई कोरोनाभाइरसको संक्रमण कसरी फैलियो भन्ने विषयमा स्वतन्त्र अनुसन्धानमा मद्दत गर्नुपर्ने बताएका छन् ।

– अष्ट्रेलियाका कृषिमन्त्रीले जी–२० सदस्य देशलाई वन्य जीवनको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

– साथै, बेलायतका विदेशमन्त्रीले चीनसँग सामान्य सम्बन्ध रहन नसक्ने बताएका छन् ।

– विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले यो महामारीलाई जुध्नका लागि संसारले अझै पनि एउटा लामो यात्रा निश्चित गर्नुपर्ने बताएका छन् । डा. टेड्रोसका अनुसार एकातिर पश्चिमी युरोपका विभिन्न देशमा कोरोनाभाइरस संक्रमतिको संख्या घटिरहेको  देखिएको छ भने अर्कोतर्फ अफ्रिका, मध्य र दक्षिण अमेरिका र पूर्वी युरोपमा प्रकोप बढिरहेको देखिएको छ ।

– लेबनानको एक शरणार्थी शिविरमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । कोरोनाभाइरसको सुरुवातदेखि नै यो शरणार्थी शिविरमा पनि संक्रमण देख्न सकिने अनुमान गरिएको थियो किनभने शरणार्थी शिविरको सर–सफाई खासै राम्रो हुँदैन । यहाँ अन्य स्थानको भन्दा धेरै मानिसहरु बसोबार गर्छन्  ।

– कोरोनाभाइरसको सबैभन्दा प्रभावित देशमध्ये एक स्पेनले मे महिनाको अन्तिम दुई हप्तामा लकडाउन हटाउने योजना बनाइरहेको जानकारी दिएको छ ।

– जर्मनीले कोभिड–१९ को भ्याक्सिनका लागि पहिलो मानव परीक्षणलाई मञ्जुरी दिएको छ । १८ वर्षदेखि ५५ वर्षका करिब २ सय व्यक्तिमा यो परीक्षण गरिनेछ ।

– जापननको तटमा राखिएको क्रुजका चालक दलका ३४ सदस्यमा कोरोना संक्रमण देखिएको छ । इटलीको यो क्रुज कोस्टा अटलान्टिकामा कोरोना भाइरसका संक्रमित भेटिएपछि जापानको नागासाकी शहरलाई चिन्ता बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप