बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रियो, चट्याङ्गसहित वर्षा हुनसक्ने
शुक्रबार, १२ वैशाख २०७७, ०८ : २९
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ ।
शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो ।
यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।
त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।
मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण