सुक्खा बन्दरगाहमा रोकिए पैतीस सय कन्टेनर
वीरगञ्ज – चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् । यसबाहेक विशाखापाटनम बन्दरगाहमा २५०० सय र कोलकोत्तामा २३० वटा कन्टेनर रोकिएका छन् ।
कन्टेनरमा आएका सामग्री या कन्टेनर नै लगेर खाली गर्न नसकिएको तर कन्टेनर आउने क्रम जारी रहेकाले एक हजार पाँच सय कन्टेनर राख्न सकिने क्षमता रहको यो सुक्खा बन्दरगाहमा पछिल्लो समयमा यति धेरै कन्टेनर थन्किएका हुन् ।
तेस्रो मुलुकबाट आयातीत सामग्री बोकेर भारतको कोलकत्ता र विशाखापटनम बन्दरगाहबाट रेलमार्ग हुँदै कन्टेनर वीरगञ्जको सुक्खा बन्दरगाह आउने गर्दछन् ।
मरिच, केराउ, तोरी, मकै, कुखुराको दाना, हरियो तथा पहेँलो मटर, खाद्यान्न, रासायनिक मल, तेल, फलाम, स्टिल उद्योगका कच्चा पदार्थ रेल मार्गबाट वीरगञ्जको सुख्खा बन्दरगाहमा आउने गर्दछन् तर लकडाउनका कारण यहाँबाट अन्यत्र सामग्री लैजान ट्रक तथा कन्टेनर बोक्ने लरीलगायतका भाडाका सवारीसाधन अभावमा बन्दरगाहमा नै सामग्री अड्किएपछि खाली हुन नपाएका कन्टेनर पनि थन्किएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपकप्रसाद गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण