मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जुन शहरबाट फैलियो कोरोना, त्यहाँका सबै संक्रमित अस्पतालबाट डिस्चार्जः हालसम्मका मुख्य अपडेट्स

सोमबार, १५ वैशाख २०७७, ०८ : ०१
सोमबार, १५ वैशाख २०७७

अमेरिकाका थुप्रै राज्यले लकडाउन समाप्त गर्दैः

अर्थव्यवस्थाको गम्भीर स्थितीलाई मध्यनजर गर्दै अमेरिकी राज्य कोलोराडो, मिसिसिपी, मिनासोटा र टेनेसीले लकडाउनको प्रतिबन्ध हटाउँदैछ ।

इटलीका प्रधानमन्त्रीद्वारा लकडाउन खुकुलो गर्ने घोषणाः

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले टिभीमा दिएको सम्बोधनमा भए, ‘यदि तपाईं इटलीलाई प्रेम गर्नुहुन्छ भने आपसमा दुरी कायम राख्नुहोस् ।’ उनले मे ४ देखि लकडाउनको प्रतिबन्धमा क्रमशः छुट दिइनेछ ।

बेलायतका प्रधानमन्त्री अफिस फर्कन तयारः

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोभिड–१९ को संक्रमणबाट ठिक भएपछि आइतबार बेलुका पहिलो पटक  डाउनिङ स्ट्रीट आए । अब उनी पुनः सरकारको कमान सम्हाल्ने तयारीमा छन् ।

रुसमा ‘कोरोनाका नयाँ संक्रमितको संख्या वृद्धि हुनसक्छ’:

यदि मानिसहरुले छुट्टीका बेला लकडाउनको नियमलाई कडा रुपमा पालना गर्दैनन् भने रुसमा कोरोनाका नयाँ संक्रमितको संख्यामा वृद्धि हुनसक्छ । रुसी सरकारका शीर्ष स्वास्थ्य अधिकारीले यसबारे बताएका छन् । हाल रुसमा संक्रमितको कूल संख्या ८० हजार पार छ ।

चिली ‘इम्युनिटी पासपोर्ट’ दिने दिशामा अघि बढ्दैः

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमितबाट निको भएका व्यक्तिलाई पुनः संक्रमण हुँदैन भन्ने कुराको कुनै सटिक प्रमाण नभएको बताएपनि चिली पहिले नै घोषणा गरिसकेको ‘रिलिज सर्टिफिकेट’ को योजनामा अघि बढ्ने तयारीमा छ ।

न्यूयोर्कका गभर्नरले प्रतिबन्धमा आंशिक छुट दिनेः

एन्ड्रू कूमोले चाँडै नै न्यूयोर्कका विभिन्न हिस्सा ‘केही सावधानी अपनाउँदै’ लकडाउन खुल्ने स्थितीको सम्भावना भएको बताएका छन् । यहाँ शनिबारको तुलनामा आइतबार कम संक्रमितको मृत्यु भएको छ ।

फ्रान्समा हरेक दिन मृत्यु हुनेको संख्यामा कमीः

कोरोनाका कारण फ्रान्समा आइतबार २ सय ४२ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । यहाँ शनिबार ३ सय ६९ को मृत्यु भएको थियो । फ्रान्समा हालसम्म २२ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ । फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले आफूले मंगलबार संसदमा लकडाउनबाट निस्कनका लागि एक राष्ट्रिय एग्जिट योजना पेश गर्ने जानकारी दिएका छन् । उक्त योजनामाथि बहस र भोटिङपछि निर्णय लिइने बताइएको छ ।

भविष्यमा जर्मनीमा घरबाट काम गर्ने अधिकारमाथि कानून बन्न सक्छः

जर्मनीका श्रममन्त्री हेबर्टस हील यस्तो कानूनी मस्यौदामा काम गरिरहेका छन् जसमार्फत् कर्मचारीलाई घरबाटै काम गर्ने अधिकार प्रदान गर्न सकिन्छ । उनका अनुसार यो कानून यो संकटको घडी समाप्त भइसकेपछि र सामाजिक दुरी आवश्यकता नपर्दा पनि लागू हुनेछ ।

इजराइलका स्वास्थ्यसमन्त्रीद्वारा राजीनामाः

याकोव लीजम्यानले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोनाभाइरसको संकटसँग लड्नका लागि ठिक तरिका नअपनाएको आरोप लागिरहेको थियो । उनले आफ्नो सुरुवाती निर्णयमा अति–रुढीवादी समुदायलाई सामाजिक दुरीको नियमबाट अलग राखेका थिए ।

ऊहानका सबै संक्रमित अस्पतालबाट डिस्चार्जः

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले ऊहानमा कोरोनाभाइरसद्वारा संक्रमित कोही पनि व्यक्ति अस्पतालमा नभएको जानकारी दिएका छन् । उनका अनुसार सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । ऊहान चीनको त्यहि शहर हो जहाँ कोरोना भाइरस संक्रमणको सुरुवात भएको थियो ।

चीनमा तीन नयाँ संक्रमित र एकजनाको पनि मृत्यु भएनः

चीनमा आइतबार पनि कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएन । यसदिन मात्र तीनजना नयाँ संक्रमित भेटिए । शनिबार ११ नयाँ संक्रमितको पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप