शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हिमपहिरोमा बेपत्ता भएका थप एक कोरियाली नागरिकको शव फेला

मङ्गलबार, १६ वैशाख २०७७, ११ : ११
मङ्गलबार, १६ वैशाख २०७७

कास्की । गत वर्षको माघमा कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ मा रहेको हिङकु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव फेला परेको छ ।

हिमपहिरोमा परी तीनजना नेपाली गाईड तथा चार जना कोरियाली पर्यटकहरु बेपत्ता भएका थिए । जसमध्ये दुई जना नेपाली गाईड र दुई जना कोरियाली पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको छ ।

नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले सोमबार सो शव फेला परेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपु¥याएको छ ।

खोजी कार्यमा खटिएको नेपाली सेनाको टोलीले हराइरहेका बाँकी एक–एक जना नेपाली र कोरियाली नागरिकको हिउँभित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप