हिमपहिरोमा बेपत्ता भएका थप एक कोरियाली नागरिकको शव फेला
कास्की । गत वर्षको माघमा कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ मा रहेको हिङकु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव फेला परेको छ ।
हिमपहिरोमा परी तीनजना नेपाली गाईड तथा चार जना कोरियाली पर्यटकहरु बेपत्ता भएका थिए । जसमध्ये दुई जना नेपाली गाईड र दुई जना कोरियाली पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको छ ।
नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले सोमबार सो शव फेला परेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपु¥याएको छ ।
खोजी कार्यमा खटिएको नेपाली सेनाको टोलीले हराइरहेका बाँकी एक–एक जना नेपाली र कोरियाली नागरिकको हिउँभित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण