बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाइ पुत्रलाभ भएकोछ । ५५वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमन्डलाई बेलायतको एक अस्पतालमा आज बिहान पुत्रलाभ भएको हो । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाको संक्रमणका कारण अस्पतालबाट डिस्चार्ज भएपश्चात केहि समय आराम गरेर दुईदिन अघिमात्र काममा फर्किएका थिए ।
त्यस्तै, उनकी प्रेमिका साइमन्डलाई पनि कोरोनाको लक्षण देखा परेका कारण आइसोलेसनमा बसेकी थिइन् । आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गरेका छन् । गत मार्च महिनामा उनीहरुले आउँदो समरको शुरुमा बच्चा हुने घोषणा गरेका थिए ।
बेलायतको प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिंग स्ट्रीट’ मा अविवाहित जोडीको रुपमा भित्रिने प्रधानमन्त्रीमा बोरिस जोन्सन पहिलो भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सन सन् २०१८ मा आफ्नो २५ वर्षीय बैवाहिक सम्बन्धबाट अलग भएपछि क्यारी साइमन्डसँग प्रेम सम्बन्ध शुरु भएको थियो । अघिल्लो श्रीमती मारिना मिलरका साथमा उनका दुई छोरा र दुई छोरी गरि चार सन्तान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण