बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाइ पुत्रलाभ भएकोछ । ५५वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमन्डलाई बेलायतको एक अस्पतालमा आज बिहान पुत्रलाभ भएको हो । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाको संक्रमणका कारण अस्पतालबाट डिस्चार्ज भएपश्चात केहि समय आराम गरेर दुईदिन अघिमात्र काममा फर्किएका थिए ।
त्यस्तै, उनकी प्रेमिका साइमन्डलाई पनि कोरोनाको लक्षण देखा परेका कारण आइसोलेसनमा बसेकी थिइन् । आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गरेका छन् । गत मार्च महिनामा उनीहरुले आउँदो समरको शुरुमा बच्चा हुने घोषणा गरेका थिए ।
बेलायतको प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिंग स्ट्रीट’ मा अविवाहित जोडीको रुपमा भित्रिने प्रधानमन्त्रीमा बोरिस जोन्सन पहिलो भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सन सन् २०१८ मा आफ्नो २५ वर्षीय बैवाहिक सम्बन्धबाट अलग भएपछि क्यारी साइमन्डसँग प्रेम सम्बन्ध शुरु भएको थियो । अघिल्लो श्रीमती मारिना मिलरका साथमा उनका दुई छोरा र दुई छोरी गरि चार सन्तान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
-
भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा
-
वीरगञ्ज महानगर प्रमुख सिंहलाई कारबाही गर्नुपर्ने मागसहित कांग्रेस सडकमा
-
पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
-
ब्रिटिश प्रधानमन्त्रीले गरे ब्रिटिश गोर्खाको प्रशंसा
-
लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरु