बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । गत २ मार्चदेखि २८ अप्रिलसम्मको तथ्याँकका आधारमा मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो ।
त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ८५ जना र २३ जना केयर वर्करसहित १ सय ८ जनाको निधन भएको बताइएको छ । कोरोना संक्रमणका कारण अस्पताल बहिर केयर होम लगायतमा भएका निधनलाई समावेस नगरिएको भन्दै गरिएको विरोधका कारण आज केयर पहिलोपल्ट होममा भएको निधनको पनि तथ्याँक सार्वजनिक गरिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
पछिल्लो तथ्याँकअनुसार बढी मृत्यु हुने मुलुकहरुमध्ये बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ । कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्याँक छ । कोरोनाबाट विश्वभर हालसम्म झन्डै २ लाख २० हाजार मानिसहरुको मृत्यु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण