मेडिकल सामग्री लिन दोस्रोपटक चीनको चाङ्शा उड्यो हिमालय एयरलाईन्सको कार्गाे विमान
अघिल्लो हप्तामा पहिलो पटक संचालन गरिएको ग्वान्झाउको कार्गाे उडान पछि नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्सले बिहिबार दोस्रोपटक चीनको चाङ्शामा विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको मेडिकल सामाग्री लिनका लागी कार्गाे उडान भरेको छ ।
हिमालय एयरलाईन्सले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाशर्तहरुका लागि नियमक निकायहरुबाट स्विकृति पाएनुसार सबै प्रकारका आधारहरु पुरा गरेर चाङ्शा उडान भरेको छ ।
A320-214, 9N-ALW कार्गाे विमानले बिहिबार साँझ ५ः४५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौंबाट उडान भरेको र राती १२ः०५ मा चाङ्शास्थित हुवानघुवा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त विमानले शुक्रबार बिहान ४ः०५ मा चाङ्शाबाट मेडिकल आपूर्तिसहित उडान भरेर बिहान ६ः४० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हामीले हाम्रो पछिल्लो ग्वान्झाउको कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेका छौं र चाङ्शा हाम्रो उडान स्थलहरू मध्ये एक भएको कारण यो दोस्रो कार्गो उडानको लागि तयारी गर्न हामीलाई अपेक्षाकृत सजिलो भयो । हामीले कोभिड–१९ को प्रकोप हुनुभन्दा अघि नै चीनको पाँच शहरहरुमा उडान सेवा सुरु गरिसकेका थियौं, र यी हवाई पूलहरूमार्फत महामारीको विरूद्ध लडाई जित्नु र राष्ट्रको आपूर्ति श्रृंखला बगिरहन निश्चित गर्न अत्यावश्यक मेडिकल सामाग्री ल्याउन हामी तयार छौं ।’
उक्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९औषधिजन्य सामाग्री ल्याउनेछ ।
हिमालयको चाङ्शासँग एयर लिंक पहिले नै स्थापित छ । कोभिड–१९ को प्रकोप अघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्य चीनको हुनान प्रान्तको राजधानी चाङ्शाको साप्ताहिक सीधा उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण