मेलम्चीको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी
बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले जानकारी दिए । आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन् ।
सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कनसमेत भइरहेको उनले बताए । बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो । एक महीनामा सुन्दरीजलको काम सक्ने सहमति छ ।
सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । उति नै क्षमताको अर्को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । एक महिनामा सुन्दरीजलको प्रशोधन केन्द्रको काम पनि सक्ने गरी काम भइरहेको जनाइएको छ । असार मसान्तसम्म मेलम्ची खोलाको दैनिक १७ करोड ७० लाख लिटर पानी सुन्दरीजलमा झार्ने आयोजनाको लक्ष्य छ । पानी झरेपछि सुन्दरीजलका दुई प्रशोधन केन्द्रमा परीक्षण गरी उपत्यकामा वितरण गरिने छ ।
पानी वितरणका लागि पहिलो चरणको सञ्जाल उपत्यकाभर निर्माण भइसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । सञ्जाल निर्माणमा दोस्रो चरणको काम पनि भइरहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहान क्षेत्रमा हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । बन्दाबन्दीमा पनि सुरक्षाका सबै विधि अपनाएर आयोजनाको काम भइरहेको छ । सुन्दरीजल र मेलम्ची दुवैतिर काम गर्ने कामदारलाई कार्यस्थलमै आवासीयरूपमा बस्ने व्यवस्था निर्माण कम्पनी सिनो हाइड्रोले गरेको छ ।
मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किमीको सुरुङ तयार भइसकेको छ । सुरुङभित्र फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । बन्दाबन्दीले काममा केही प्रभाव परे पनि असारको आसपासमा पानी ल्याउने आयोजनाको लक्ष्य जारी छ । यसअघि विसं २०७३ देखि पटकपटक मेलम्चीको पानी राजधानीमा ल्याउने मिति सारिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण