कोराना प्रभावित क्षेत्रमा राज्यमन्त्री गजमेरद्वारा व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान
दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।
राज्यमन्त्री गजमेरले १५० थान पिपइ, दुई हजार ८०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरिन् ।
विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आएकी थिइन् । पौडेलले ती सामान दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई वितरण गरिने जानकारी दिएकी छिन्। राज्यमन्त्री गजमेरले शुक्रबार नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्या बुझेकी छिन् ।
झापाको पहिलो कोरोना दमकमा र दोस्रो कोरोना बाह्रदशीमा पुष्टि भएको छ । दुवै क्षेत्रमा निगरानी र स्वास्थ्य परीक्षण तीव्र पारिएको हुँदा व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री र कोरोना जाँच्ने किटको माग बढिरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण